२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


पोर्चुगलमा परराष्ट्रले मोबाइल टिम पठाउने


442
Shares

काठमाडाैं । सरकारले पोर्चुगलमा रहेका नेपालीहरुको पासपोर्ट सम्बन्धी समस्या सहजीकरणका लागि तत्काल मोबाइल टिम पठाउने भएको छ ।

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पासपोर्टको समस्या समाधानका लागि मोबाइल टिम पठाउने तयारी गरेको बताउनु भएको हो ।

परराष्ट्रमन्त्री डा. पौड्याल मन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रुपमा श्रीलंका जानुहुने भएको छ । यसैबारे आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । उहाँ भोलि श्रीलंकातर्फ प्रस्थान गर्नुहुने भएको हो ।

मन्त्री पौड्यालले श्रीलंका भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्वका कार्यक्रममा सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री पौड्यालले मन्त्रालयका सूचनालाई झ्याल र ढोकाबाट नभइ सबैलाई एकमुष्ठ रुपमा दिइने पनि बताउनु भयो । उहाँले श्रीलंका भ्रमणका क्रममा सार्कको बारेमा पनि साइडलाइन कुराकानी सम्भव भएसम्म गर्ने बताउनु भयो ।

मन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी भएपछि मन्त्री पौड्यालले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।