३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


उपमहानगरहरुको राष्ट्रिय सम्मेलन हुने


65
Shares

बुटवल । बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ ।

बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आगामी माघ २१ र २२ गते आयोजना गर्न लागेको हो ।

समान समस्या, समान मुद्दा र समान संरचना भएकाहरुका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

सम्मेलनमा करिब ५ सय सहभागी हुने बताइएको छ । सम्मेलनको उद्घाटन समारोह बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा र अन्य सत्रहरु बुटवल उपमहानगरको सभाहलमा हुनेछन ।