
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिहीबार दिउँसो ४ बजे बस्नेगरी सरेको छ ।
स्थायी कमिटी बैठक बिहीबार ११ बजे बस्ने भनिएतापनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले ५ घण्टा पछि सारिएको एक नेताले जानकारी दिनुभयो ।
बैठकमा प्रदेश गठनका लागि अन्तरिम योजना बनाउने, चुनावी समीक्षा, विभागहरूको हेरफेर, जिम्मेवारी, राष्ट्रपति निर्वाचन, गृहमन्त्रीलगायतका विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्