१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैं कदर गर्छ : प्रधानमन्त्री प्रचण्ड


104
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गर्ने बताउनुभएको छ ।

ललितकला गुठी काठमाडौंको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उहाँले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने काम गरेको बताउनुभयो ।

उहाँले प्रतिष्ठानले देशमा मात्र नभइ ललितकलाको माध्यमबाट विदेशमा पनि नेपाललाई चिनाएको बताउनुभयो । प्रधानमन्त्री दाहालले ललितकला प्रतिष्ठानले संस्थागत स्वरुप ग्रहण गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले प्रतिष्ठानलाई ललितकला सम्बन्धी कुनै समस्या र चुनौति भए लिखित रुपमा आफूलाई दिन आग्रह गर्दै आफूले प्रतिष्ठानको संरक्षण र संवद्र्धनका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।