
काठमाडौं । चलचित्र ‘ह्रस्वदीर्घ’ कलाकार प्रवेशको शिलशिला रोकिएको छैन ।
अभिनेत्री नीता ढुंगाना र अभिनेता एवं ज्योतीष हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने चलचित्र ‘ह्रस्वदीर्घ’मा सलोन बस्नेत बाहिरिएसँगै अन्य चार कलाकारको प्रवेश भएको छ । चलचित्रका लागि निर्माण टिमले अभिनेता नरेन खड्का, कमेडियन आदर्श मिश्रा, लक्ष्मी पौडेल, वसिम राजासँग सम्झौता गरेको हो ।
होम प्रोडक्सनको चलचित्र ‘जय हो’ सँग सेड्युल नमिलेको भन्दै सलोनले उक्त चलचित्र छाडे पछि उनको ठाउँमा आदर्श भित्रिएका छन् । आदर्शले ‘ह्रस्व दीर्घ’बाट चलचित्रमा डेब्यू गर्न लागेका हुन् । ‘कमेडी च्याम्पियन’ को पहिलो सिजनमा उनको रोचक प्रस्तुतीको निकै प्रशंसा भएको थियो ।
नीता ढुंगाना र हरिहर अधिकारीको मुख्य भूमिका रहले यस चलचित्रको केही दिनदेखि मुम्बईमा वर्कसप चलिरहेको छ । अहिले हरिहर र नीतासहित अन्य कलाकारहरु मुम्बईमा छन् । माघ अन्तिम साताबाट भारतको हैदराबादस्थित संसारकै सबैभन्दा ठूलो रामोजी स्टुडियोमा फिल्मको छायांकन सुरु हुँदैछ ।
चलचित्रमा यसअघि हरिहर र नीतासहित गरिमा शर्मा, रविन्द्र झा, विपना थापा, सरोज खनाल, प्रदीप रावत, ब्रम्हानन्द , सुनिल बर्मा लगायतका नेपाली र भारतीय कलाकार तय भैसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्