१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रुकुम पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


65
Shares

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खरखरे डाँडामा बिहीबार मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

प्रदेश ३–०२–००१ ब ८५७ नम्बरको मोटरसाइकलको ठक्करबाट रुकुम पश्चिमकै त्रिवेणी गाउँपालिका–१० त्रिशुल्ले बस्ने अन्दाजी ७९ वर्षीया धनी वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर बाँकेमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।