
काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को छायांकन शुक्रबारबाट सुरु भएको छ ।
निर्देशक राजु गिरीले निर्देशन गर्ने यस चलचित्रको ललितपुर भैंसेपाटीस्थित श्रीकालीचौरबाट पूजाआजा गर्दै एक गीतबाट छायांकन सुरू गरिएको हो ।
चलचित्रको मुख्य अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटा छायांकन सेटबाट सार्वजनिक तस्वीरमा त्यतिबेलाको भेषभूषामा छन् ।
चलचित्रमा गौरव र नम्रतासँगै राजाराम पौडेल, सरोज खनाल, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, आशा भारती र अनिता गिरीलगायतको पनि अभिनय रहनेछ ।
सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहेको छ । चलचित्रले ७० वर्षअघिको नेपाली समाजको कथा चित्रण गर्ने छ ।
चलचित्रमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ भने मुख्य सहायक निर्देशनमा जीवन गौतम छन् ।
प्रतिक्रिया दिनुहोस्