२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


पटक पटक सर्दै आएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

'गृह मन्त्रालय र नेताहरुको जिम्मेवारी बाँडफाँटमा छलफल हुने'

130
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शनिबार बस्दै छ ।

पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

बिहीबार बोलाइएको बैठक एजेण्डामै प्रवेश नगरी स्थगित भएको थियो भने शुक्रबार अन्तिम समयमा आएर स्थगित भएको थियो ।

माओवादीको बैठकमा गृह मन्त्रालय र नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल हुनेछ ।

यही माघ १२ गतेदेखि सुरू भएको स्थायी कमिटी बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले पटक–पटक बस्दै सर्दै आएको नेताहरुको भनाइ छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबारसम्म गृह मन्त्रालय टुंगो लगाउन अल्टिमेटम दिएको छ । जसरी पनि गृह मन्त्रालय आफूले पाउनुपर्ने लामिछानेको जोड छ ।