
काठमाडौं । परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ ।
श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा पुग्नु भएको मन्त्री पौड्यालले शुक्रबार राति प्रधानमन्त्री गुणबर्द्धनेसँग भेट गर्नुभएको हो ।
भेटवार्तामा उहाँहरूले दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्र मन्त्री पौड्यालले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गर्नु भएको थियो ।
उहाँले शनिबार दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्