
नवलपुर । मौसम अनुकूलताका कारण नवलपुरमा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको छ ।
गत वर्षको तुलनामा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको किसानले बताएका छन् ।
बिउ, मलको अभाव, सिँचाइको समस्या तथा रोग कीराको प्रकोपका कारण उत्पादन घटेको तोरी यो वर्ष भने मौसम अनुकूल हुँदा उत्पादन बढेको कृषि ज्ञान केन्द्रले बताएको छ ।
तोरी फूलेर फल लाग्ने मुख्य समयमा मौसम अनुकूलता हुनु नै उत्पादन वृद्धिका मुख्य कारण रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्