
काठमाडौं । नेपालका अग्रणी अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ ।
केही समय यता पार्किन्सनलगायत रोगबाट पीडित राणाको उपचारका क्रममा आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
पार्किन्सन्स, मधुमेय, उच्च रक्तचापलगायत समस्या बढेपछि चार दिन अघि अस्पताल भर्ना गरिएका राणाको निधन भएको उहाँका ज्वाई एवं कांग्रेस नेता सुनील थापाले जानकारी दिनुभयो ।
१४ वर्षको उमेरमा मेट्रिक पास गरेका राणा नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर हुनुहुन्थ्यो । २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना भएपछि २०१३ साल वैशाख १४ देखि २०१७ माघ २५ गतेसम्म उहाँ गभर्नर हुनुहुन्थ्यो ।
२०४० सालमा गोर्खा ब्रुअरी पनि स्थापना गर्नुभएका राणाले २०५० सालमा पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक सुरू गर्नुभएको थियो ।
यस्तै, लघुवित्त क्षेत्रको अग्रणी कम्पनी निर्धन उत्थान बैंक र निर्जिवन वीमा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्सको सुरूवात पनि राणाले नै गर्नुभएको थियो ।
उहाँको दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्