
काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामिछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित निर्वाचन आयोग जानुहुने भएको छ ।
नेता श्रेष्ठ आइतबार बिहान साढे ११ः बजे निर्वाचन आयोग जाने र दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सांसद नरहने निर्णय गरेपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको एक सिट खालि रहेको छ ।
तत्कालीन सत्ता गठबन्धनको तर्फबाट कांग्रेसबाट उम्मेदवार हुनुभएका श्रेष्ठ झन्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित हुनुभएको थियो ।
लामिछानेको पद खारेजीसँगै दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने माग उहाँको छ । तर, लामिछाने नागरिकता सम्बन्धि मुद्दाबारे सर्वोच्च अदालतको फैसलाले ७२ दिनमै पदमुक्त हुनुभएको थियो ।
लामिछानको रास्वपाले भने तत्काल उपनिर्वाचन गर्न माग गरेको छ । शनिबार राति बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले उपनिर्वाचन छिटो भन्दा छिटो गर्न माग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्