
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आइतबार पनि बस्दैछ ।
शनिबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव वेदुराम भुषालले सांगठनिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
सोही प्रतिवेदनमा आइतबार पनि छलफल हुने छ । बैठक आइतबार सक्ने तयारी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्