२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


साफ यू–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्दै


169
Shares

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग खेल्दैछ ।

ढाकामा हुने नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । यस्तै, भुटान पनि पहिलो जितको खोजीमा हुनेछ ।

शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ ले तथा भुटान भारतसँग १२–० ले पराजित भएको थियो ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।