
एजेन्सी । भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीको विवाहको विधि आइतबार अर्थात फेब्रुअरी ५ बाट सुरु भएको छ ।
कियारा र सिद्धार्थको विवाहको विधि आइतबारदेखि मंगलबार अर्थात फेब्रुअरी ७ सम्म चल्नेछ । उनीहरूको विवाह समारोह भारतको राजस्थानको जैसलमेरमा रहेको सुर्यगढ प्यालेस होटलमा हुनेछ । कियारा र सिद्धार्थ विवाहको लागि शनिबार नै मुम्बईबाट आफन्त र परिवारसहित जैसलमेर पुगिसकेका छन् ।
कियारा र सिद्धार्थ विगत ३ वर्षदेखि एकअर्काको प्रेममा छन् । दुवैको प्रेमकथा फिल्म ‘शेर शाह’को सेटबाट सुरु भएको थियो । सिद्धार्थले फिल्म स्टुडेन्ट अफ द इयरबाट डेब्यू गरेका थिए । सिद्धार्थले अहिलेसम्म १५ वटा फिल्ममा गरिसकेका छन् । कियाराले भने २२ फिल्म गरिसकेकी छन् । कियारा ३० करोड भारतीय रुपैयाँ को मालिक छिन् भने सिद्धार्थको कुल कमाई ७५ करोड भारतीय रुपैयाँ छ ।
भारतीय सञ्चार माध्यमका अनुसार सिद्धार्थ र कियाराको विवाह पञ्जाबी परम्पराअनुसार ब्याण्डबाजा र विस्तृत समारोहसहित हुनेछ । उनीहरूले विवाह गर्ने उक्त होटलको एक दिनको खर्च करिब १ करोड २० लाख भारतीय रुपैयाँ रहेको छ ।
होटलमा अतिथिहरूलाई राजस्थानी शैलीमा स्वागत गरिने तयारी रहेको छ । पहेँलो ढुङ्गाबाट बनेको होटलमा ३ श्रेणीमा कोठा उपलब्ध छन् । जसको एक दिनको भाडा २० हजारदेखि २ लाख भारतीय रुपैयाँसम्म रहेको छ ।
कियारा र सिद्धार्थको विवाहको लागि भारतीय कलाकारहरू राजस्थान पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्