५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नेपाल टेलिकमद्वारा आजदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण सुरू


117
Shares

काठमाडाैं । नेपाल टेलिकमले आज आइतबारदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण सुरू गरेकाे छ ।

१९ औं वार्षिकाेत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको परीक्षणको औपचारिक शुभारम्भ गरेको हो । बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा राखिएका फाइभजी उपकरणबाट फाइभजीको परीक्षण सुरू गर्न थालिएको छ ।

साेही सेवाको उपयोग तत्काललाई टेलिकमका कर्मचारीहरूले मात्रै गर्न पाउने भएका छन् । सर्वसाधारणसँग फाइभजी चल्ने डिभाइसको संख्या नै न्यून भएको र फाइभजी प्रणाली प्रयोगको सम्भावना पनि न्यून रहेकाले कर्मचारीहरुबाटै परीक्षणकालको सुरुवात भएको टेलिकमले जनाएको छ ।

२ हजार ६ सय मेगाहर्ज ब्याण्ड अन्तर्गत टेलिकमले फाइभजी सेवाको सुरू गर्न थालेकाे हो । परीक्षणकालीन नतिजाका आधारमा अन्यत्र क्षेत्रहरुमा पनि फाइभजी विस्तार गरेर क्रमशः सर्वसाधारणका लागि सेवा उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ ।