१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पहिलो गभर्नर जबराको पार्थिव शरीरमा सभापति देउवाले ओडाए कांग्रेसको झन्डा


65
Shares

काठमाडौं । नेपालका पहिलो गभर्नर स्वर्गीय हिमालयशम्शेर जबराको पार्थिव शरीरमा नेपाली कांग्रेसले आफ्नो पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको झन्डा ओडाएर जबराप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । आइतबार बिहान जबरालाई श्रद्धाञ्जली व्यक्त गर्न देउवासँगै महामन्त्री गगन थापा, नेताहरु प्रकाशमान सिंह, सुनिल थापा, उदयशम्शेर राणा लगायत उहाँको निवास थापाथली पुगेका थिए ।

विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित जबराको काठमाडौं स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । जबराको ९५ वर्षको उमेरमा आइतबार बिहान साढे ६ बजे निधन भएको हो ।

जबराले संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रूपमा काम गर्दै आएका थिए । उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव समेत थिए । जबरा हिमालयन बैंकका संस्थापकसमेत हुन् । जबरा २००७ को क्रान्तिदेखि अहिलेसम्मको नेपालको राजनीतिक आरोह अवरोहको साक्षी हुनुहुन्थ्यो । जबरा नेपालको पहिलो गभर्नर मात्रै नभएर पहिलो अर्थ सचिव पनि हुनुहुन्थ्यो ।जबराका दुई छोरा र दुई छोरी छन् ।

आइतबार नै पशुपति आर्यघाटमा जबराको अन्त्येष्टि गरिने छ ।