
एजेन्सी । भारतीय अभिनेत्री उर्वशी ढोलकियाको कार दुर्घटना भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार उनको कारलाई स्कुल बसले ठक्कर दिएको हो । भारतीय रियालिटी सो बिग बोस ६ की समेत विजेता रहेकी उर्वशीको कार ४ फेब्रुअरी अर्थात शनिबार दुर्घटनामा परेको हो।
शनिबार आफ्नो कारमा मीरा रोडमा रहेको फिल्म स्टुडियो जाँदै गर्दा त्यही क्रममा उनको कारलाई पछाडिबाट आएको स्कुल बसले ठक्कर दिएको थियो । दुर्घटना ठूलो भएको तर, उक्त दुर्घटनामा उर्वशीलाई भने धेरै चोट नलागेको समाचारमा उल्लेख छ । उर्वशीले बस चालकरिुद्ध कुनैपनि उजुरी दर्ता गरेकी छैनन् । तर, कश्मीरिया प्रहरीले स्कूल बसका चालकको बयान भने लिइसकेको छ ।
उर्वशीले सानै उमेरमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले ६ वर्षको उमेरमा विज्ञापनमा काम गरेकी थिइन् । त्यसपछि उनी टिभी सिरियल ‘देख भाइ देख’ मा देखा परिन् । उर्वशीले धेरै टिभी सिरियलमा काम गरिसकेपनि उनले सिरियल ‘कसौटी जिन्दगी की’ मा कोमोलिकाको भूमिकाबाट वास्तविक पहिचान पाएकी थिइन् ।
त्यसपछि उनले ‘घर एक मन्दिर’, ‘कभी सौतन कभी सहेली’, ‘कहीं तो होगा’, ‘घर एक मन्दिर’, ‘कहानी तेरी मेरी’, ‘बेताब दिल की तमन्ना है’, ‘बडी दूर से आये है’ जस्ता टिभि सिरियलमा काम गरिसकेकी छन् ।
उर्वशीले १५ वर्षको उमेरमा विवाह गरिन् । १६ वर्षको उमेरमा उनी जुम्ल्याहा बच्चाकी आमा बनिन् । तर, विवाहको डेढ वर्ष नबित्दै उनी श्रीमानबाट अलग भइन् ।
श्रीमानसँग छुट्टिएपछि उर्वशीले आफ्ना दुवै सन्तानलाई एकल आमा बनेर हुर्काएकी छन् ।
प्रतिक्रिया दिनुहोस्