२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


अष्ट्रिया र स्वीजरल्याण्डमा हिम-पहिरोका कारण १० जनाको मृत्यु


65
Shares

एजेन्सी । अष्ट्रिया र स्वीजरल्याण्डमा हिमपहिरो जाँदा १० जनाको मृत्यु भएको छ ।

तेज हावा र हिमपातसँगै एकै दिन ३० भन्दा बढी ठाउँमा हिमपहिरो जाँदा विभिन्न देशका पर्यटकसहित १० जनाको मृत्यु भएको हो । साेही घटनामा न्युजिल्याण्ड, चीन र जर्मनीका पर्यटकहरुकाे मृत्यु भएकाे जनाइएकाे छ ।

अष्ट्रियाको स्की रिसोर्टहरुमा हिउँदे बिदा मनाउनेहरुको घुइँचो लागेका बेला हिमपहिरो गएको हो । त्यसैगरी स्वीजरल्याण्डको दक्षिण पूर्वी क्यान्टोनमा २ जनाको मृत्यु भएको छ ।

हिमपहिरोको जोखिम अझै रहेको भन्दै दुवै देशका मौसमविद्हरुले सर्वसाधारणलाई सचेत समेत गराएका छन् ।