१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहालले दलका प्रमुख सचेतकसँग राय लिंदै


377
Shares

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग साेमबार छलफल गर्दै हुनुहुन्छ ।

बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधि सभाको विजनेसका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको हाे । सचिवालयका अनुसार संसदको आगामी बैठकलाई प्रभावकारी रुपमा लैजान सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलइएको हो ।

आइतबार मात्रै सत्तारूढ गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । यद्यपि उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।