
एजेन्सी । हङकङमा सन् २०१९ को मध्यमा भएको सरकार विरोधी प्रदर्शनमा संलग्न व्यक्तिहरू विरुद्धको मुद्दाकाे सुनुवाई सुरु भएको छ ।
साेही मुद्दाकाे सुनुवाईमा करिब ४७ जनालाई विवादास्पद राष्ट्रिय सुरक्षा ऐन उल्लंघन गरेको आरोप लगाइएको हाे । यी मुद्दाहरूको सामना गर्ने हङकङका सर्वसाधारणदेखि प्रख्यात प्रजातन्त्र समर्थक नेताहरु समेत रहेका छन् । राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको अभियोग सामना गरिरहेका उनीहरु मध्ये अधिकांश दुई वर्षदेखि हिरासतमा रहेका छन् ।
मुद्दाकाे सुनुवाईका क्रममा समर्थकहरूले भने अदालत बाहिर प्लेकार्ड बोकेर मुद्दाको विरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्