
एजेन्सी । प्रसिद्ध ग्रामी अवार्डमा पप गायिका बियोन्सेले सबैभन्दा धेरै अवार्ड जितेर कीर्तिमान कायम गरेकी छन् ।
६५ औं संस्करणको यो अवार्डमा बियोन्सेले ३२ औं ट्रफी उचालेल्दै नयाँ रेकर्ड बनाएकी हुन् ।
सोमबार अमेरिकाको लस एञ्जल्समा आयोजित समारोहमा ३२ औं अवार्ड जित्दै उनी हालसम्म बढी ग्रामी अवार्ड जित्ने गायिका बनेकी हुन् ।
बियोन्सले यसवर्ष ४ विधामा अवार्ड जितेकी छन् । उनले डान्स एल्बम ‘रेनेसान्स’ बाट उत्कृष्ट नृत्य तथा इलेक्ट्रोनिक एल्बम, बेस्ट आर एण्ड बी गीत, उत्कृष्ट नृत्य/इलेक्ट्रोनिक रेकर्डिङ र उत्कृष्ट परम्परागत आर एण्ड बी पफर्मेन्स विधामा अवार्ड जितेकी हुन् ।
ग्रामी समारोहको टेलिकास्टमा उनले भनिन्, ‘म धेरै भावुक नहुन कोसिस गर्दैछु,’ ‘म यो रातलाई महसुस गर्दैछु । मलाई रक्षा गर्नुभएकोमा म भगवानलाई धन्यवाद दिन चाहन्छु ।’
उनले जितको श्रेय आमाबाबु, श्रीमान् र तीन बच्चालाई दिइन् ।
प्रतिक्रिया दिनुहोस्