२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विराटनगरमा पार्किङ व्यवस्थित गरिने


65
Shares

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सफा, सुन्दर, व्यवस्थित र विकसित विराटनगर बनाउने एजेण्डाबाट आफू पछाडि नहट्ने बताउनुभएको छ ।

महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरको उहाँले बताउनुभयो ।

महानगरले शनिमन्दिर–अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड, जलजलाचोक वर ट्राफिकचोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

पार्किङको व्यवस्थापन गरेकाले निर्णयबाट पछि नहट्ने उहाँको भनाइ थियो । अव्यवस्थित पार्किङले एम्बुलेन्स, दमकल सहज रूपमा आवतजावत गर्न नपाउँदा बिरामीको ज्यानै जाने अवस्था रहेको नगरप्रमुख कोइरालाको भनाइ थियो ।