१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आर्मीलाई हराउँदै पुलिस तेस्रो


117
Shares

काठमाडौं । विभागिय टोली नेपाल पुलिस क्लब छैठौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो बनेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार तेस्रो स्थानका लागि भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २५–२१, २५–२१ र २५–१९ ले हराएको हो ।

तेस्रो स्थान हासिल गरेको पुलिसले ७५ हजार नगद पाउने छ ।

मंगलबार नै प्रतियोगिताको उपाधिका लागि साविक विजेता एपीएफ र न्यु डायमण्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

विजेता टोलीले नगद तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ ।