२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


संसदमा प्रभावकारी भूमिका निर्वाह गर्छु: उर्मिला अर्याल


91
Shares

काठमाडाैं । राष्ट्रिय सभाकी नवनिर्वाचित उर्मिला अर्यालले संसदमा प्रभावकारी भूमिका गर्ने बताउनुभएको छ ।

मंगलबार पद बहाली गरेपछि उपाध्यक्ष अर्यालले सके जति प्रभावकारी भूमिका निर्वाह गरेर सांसदहरूसँग पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुएभएकाे हाे। उहाँले संघीय संसदमा महिला सांसदहरूको भूमिका पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित भएपछि विशेष जिम्मेवारी महसुश गरेको भन्दै उहाँले आफ्नो भूमिका तटस्थ र निष्पक्ष रहने बताउनुभयो । यसअघि मंगलबार बिहान राष्ट्रपति भवनमा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।

सोही समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो । अर्याल सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।