२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


युएसएआइडी प्रमुख सामन्था स्वदेश फर्किंदै


117
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर बुधबार स्वदेश फर्किंदै हुनुहुन्छ ।

दुई दिने नेपाल भ्रमणमा रहनुभएकी उहाँ बुधबार उच्चस्तरीय भेटघाट सकेर स्वदेश फर्किन लाग्नुभएको हो ।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आउनुभएको थियो ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहनुभएकी सामन्था अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी समेत हुनुहुन्छ ।

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री डा. विमला राई पौडेललाई भेटेर अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिनुभएको छ ।