१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित


78
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बुधबारका लागि बोलाइएको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी बोलाइएको बैठक बिहीबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो ।

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पहिलो पटक सूचना जारी गर्दै दुई घण्टा पछि अर्थात् दिउँसो १ बजेका लागि सारिएको थियो । तर, फेरि दोस्रो पटक सूचना जारी गर्दै बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री रावलले विश्वासको मत पाउने निश्चित नभएपछि उहाँकै आग्रहमा बैठक स्थगित भएको जनाइएको छ ।

‘०७९–१०–२५ गते दिनको १ः०० बजे बस्ने भनिएको प्रदेश सभाको प्रथम अधिवेशनको सातौं बैठक विशेष कारणवश स्थगित भई माननीय सभामुखज्यूको आदेशानुसार मिति २०७९–१०–२६ गते बिहीबार दिनको १ः०० बजे बस्ने गरी तोकिएको हुँदा सम्पूर्ण माननीय प्रदेश सभा सदस्यज्युहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ सचिवालयको सूचनामा भनिएको छ ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबारसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।