२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लुम्बिनी आउने पर्यटकले नाका परिर्वतन गरे


3.38k
Shares

काठमाडौं । पछिल्लो समय भारतीय पर्यटकहरु सुनौली नाकाभन्दा कालीदह–ककरहवा हुँदै लुम्बिनी आउन थालेका छन् ।

पर्यटन व्यवसायीहरुका अनुसार लुम्बिनी आउने भारतीय पर्यटकमध्ये २५ देखि ३० प्रतिशतले पछिल्लो समय कालीदह–ककरहवा नाका प्रयोग गरिरहेका छन् ।

सुनौली नाकाबाट आउँदा दुई तीन घण्टा जाममा पर्ने अवस्थाका कारण भारतीय पर्यटकहरुले वैकल्पिक मार्ग रोज्न थालेका हुन । कालीदह छोटी भन्सार कार्यालयका प्रमुख सुरेन्द्र भण्डारीले पनि पछिल्लो समय आफूहरूको काम बढेको बताउनु भएको छ ।

दूरीका हिसाबले पनि लुम्बिनीबाट कालीदह–ककरहवा नाका नजिक पर्दछ ।