
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले एक जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी छन् ।
करिश्माले आफूविरुद्ध जथाभावी बोलेको र गलत टिप्पणी गरेको भन्दै मंगलबार साइबर ब्यूरोमा उजुरी दिएकी हुन् । करिश्माले डिल्लीराम खनाल नामका व्यक्तिले युट्युबमा आफूलाई व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको आरोपमा उजुरी दिएकी हुन् ।
डिल्लीरामले एउटा अन्तर्वार्तामा करिश्मालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडेर विवादास्पद अभिव्यक्ति दिएका थिए । सामाजिक सञ्जालमा करिश्माले अति भएपछि आफूले साइबर ब्यूरोमा निवेदन दिएको जानकारी दिएकी छन् ।
आफ्नो संसारमा खुशी छु भन्दै करिश्माले फेसबुकमा लेखेकी छन्, ‘उहाँ को हो ? यो अत्ति भयो, भैहाल्यो भने । कलाकारलाई यस्तै भन्छन् भने सहे । हिजो साइबर ब्यूरोमा निवेदन हालेको छु । हेरु नेपालको कानून कत्तिको बलियो छ ।’
आफू हिन्दू भएकाले लिभिङ टुगेदरमा विश्वास नगर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्