१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राखी सावन्तका श्रीमान् आदिललाई १४ दिन हिरासतमा राखिने


663
Shares

एजेन्सी । भारतीय अभिनेत्री एवं मोडल राखी सावन्तका पति आदिल खान दुर्रानीलाई १४ दिन हिरासतमा राखिने भएको छ ।

राखीले ठगीको आरोप लगाउँदै सोमबार दिएको उजुरीको आधारमा मंगलबार पक्राउ परेका आदिललाई अन्धेरी कोर्टले न्यायिक हिरासतमा पठाएको हो । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनलाई १४ दिन हिरासतमा राखिनेछ ।

सोमबार राति राखीले आदिलविरुद्ध विवाहबाह्य सम्बन्ध (एक्स्ट्रा म्यारिटल अफेयर) र ठगीको आरोप लगाउँदै उजुरी दर्ता गरेपछि मंगलबार आदिललाई राखीको घरबाट प्रहरीले पक्राउ गरेको हो ।

राखीले लामो समयदेखि आफूलाई आदिलले यातना दिइरहेको बताइन् । आदिलले आफूलाई बलिउडमा नाम कमाउन प्रयोग गरेका राखीले बताएकी छन् । आफूसँग भएको सबै पैसा लिएको र आदिल आफ्नी प्रेमिका तनुसँग बस्दै आएको राखीले दाबी गरेकी छिन् ।

राखी र आदिलले गत महिना मात्रै अदालती विवाह गरेका थिए । आदिल २७ वर्षका हुन् र उनको कार व्यवसाय छ । आदिल र राखी मे २०२२ देखि एकअर्काको प्रेममा थिए ।