१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रणय सप्ताह अन्तर्गत आज ‘चकलेट डे’, यस्तो थियो चकलेटको इतिहास


208
Shares

काठमाडौं । हरेक वर्ष फेब्रुअरी ९ का दिन मनाउने गरिन्छ ‘चकलेट डे’ । यस दिन आफूले मन पराएको मान्छेलाई चकलेट दिएर खुसी गराइन्छ ।

प्रेम सप्ताहको तेस्रो दिन प्रेमिल जोडीहरूले एक अर्कालाई चकलेट उपहार दिने गर्दछन् । यस दिन विशेषत डार्क चकलेट दिँदा माया बढ्छ भन्ने मान्यता छ ।

किन मनाइन्छ चकलेट डे ?

चकलेट डे प्रणय सप्ताहको सबैभन्दा विशेष दिन हो । यसदिन हरेक उमेर समूहका मान्छेले एक अर्कालाई चकलेट उपहार दिने गर्दछन् । चकलेट स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ ।

चकलेटमा एन्टीअक्सिडेन्ट गुण पाइन्छ । जसले रक्तप्रवाह, मुटु र छालाका लागि लाभदायक हुन्छ । चकलेटले मानिसको मुड परिवर्तन गर्छन् । सम्बन्धलाई बलियो बनाउन पनि एकअर्कालाई चकलेट दिने गरिन्छ ।

चकलेटको इतिहास:

अमेरिकामा ४ हजार वर्षअघि ‘कोको’को रुख देखिएको थियो । अमेरिकाको जंगलमा ‘कोको’को गेडाबाट चकलेट बनाइयो । दुनियाँ भरिमै सबैभन्दा पहिला अमेरिका र मेक्सिकोले चकलेट बनाउन सुरु गरेका थिए ।

सन् १५२८ मा स्पेनको राजाले मेक्सिको कब्जा गरे । राजालाई कोको मन परेपछि ‘कोको’को विउलाई मेक्सिकोबाट स्पेन लगेका थिए । त्यसपछि स्पेनमा पनि चकलेट बनाउन थालियो ।

सन् १८२८ मा कोनराड जोहान्स भान होटनले कोको प्रेस नामको मेसिन बनाए । उक्त समयमा चकलेटको स्वाद पिरो हुन्थ्यो । तर, जोहान्सले बनाएको मेसिनबाट चकलेटमा भएको पिरो हटाइयो ।

सन् १८४८ मा ब्रिटिस चकलेट कम्पनी ‘जेएर फ्राइ एण्ड सन्स’ले कोकोमा बटर, दुध, चिनी मिसाएर कडा बनाइ चकलेटको रूप दिए । समय बित्दै जाँदा चकलेटको स्वादमा पनि परिर्वतन हुँदै आयो ।