२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नाजिर हुसेन अभिनित ‘मायामा यस्तो किन ?’गीत सार्वजनिक


65
Shares

काठमाडौं । अभिनेता नाजिर हुसेन र मोडल कविता राया अभिनित ‘मायामा यस्तो किन ?’ बोलको गीत सार्वजनिक भएको छ ।

एलिना चौहानको स्वर रहेको उक्त गीतमा शब्द तथा संगीत नरेश जोगीको छ । गणेश चौधरीको संगीत संयोजन रहेको गीतको भिडियोमा वर्गीय विभेदले प्रेमिल जीवनमा आउने उतारचढावलाई देखाइएको छ ।

पिके फिल्मस्को ब्यानरमा निर्माण भएको भिडियोमा नवराज उप्रेती एण्ड टिमको छायांकन, कलर तथा सम्पादन मिलन विश्वकर्माको छ ।

बिक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा चौहान स्वंयमको कोरियोग्राफी रहेको छ ।