६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे बस्ने


208
Shares

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे बस्न लागेको हो । 

बैठकमा सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुने बताइएको छ ।

अध्यक्ष ओली निवास बालकोटमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा संयन्त्रको बैठक बोलाउन दुवै नेता सहमत भएका थिए ।

सरकारलाई सघाउन भन्दै ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो ।