
काठमाडौं । चलचित्र ‘ए साथी सुन’ आगामी चैत १० गतेबाट देशव्यापी प्रर्दशन हुने भएको छ ।
राजराघव आचार्यले निर्देशन गरेको उक्त चलचित्र लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको छ । वितरण कम्पनी आरआर डिष्ट्रिब्युसनसँगको छलफलपछि चलचित्र सो मितिमा आउन लागेको हो ।
वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको यस चलचित्रमा वर्षासँगै रमेश बानियाँ, सुशील पोखरेल, विमला गिरी, स्व. जयनन्द लामा, लक्ष्मी साउद, सिद्धराज तिमल्सिना, सुवास शाह, रुकमिला अधिकारीलगायतको अभिनय रहेको छ ।
मानकृष्ण महर्जनको छायांकन, कुमार महर्जनको एक्सन रहेको चलचित्रको फस्टलुक पोस्टर र टिजर केही दिनमा सार्वजनिक हुने निमार्ण टिमले बताएको छ ।
चलचित्र निर्माण भने कोरोना नै भएको हो ।
प्रतिक्रिया दिनुहोस्