२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


सन्दिप लामिछानेलाई समेटेर नेपाली क्रिकेट टोली घोषणा


741
Shares

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।

यही फागुन २ गतेदेखि काठमाडौंमा आयोजना हुने नामिबिया र स्कटल्याण्ड सम्मिलित विश्वकप लिग–२ त्रिकोणात्मक श्रृंखलाको अन्तिम टोलीमा लामिछानेलाई राखिएको हो ।

क्यानले बिहीबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गर्दा सन्दीपलाई समेटेको हो ।

टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की र सूर्य तामाङ परेका छन् ।

सूर्यले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । वैकल्पिक खेलाडीहरुमा आरिफ शेख, प्रतिश जिसी, मौमस ढकाल र अर्जुन साउद रहेका छन् ।

प्रतियोगिता एक साता चल्नेछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ । नेपालले घरेलु मैदान टियुमा पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९ (फेब्रअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ ।

विश्वकप लिग दुई क्रिकेटमा नेपालको यो सातौं श्रृंखला हो । सात टोली सहभागि प्रतियोगितामा नेपाल छैटौं स्थानमा रहेको छ । ३२ खेलबाट ४६ अंक जोडेको स्कटल्याण्ड तालिकाको शिर्ष स्थानमा रहँदा ३६ खेलबाट ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा छ । २४ खेल खेलेको नेपालको १८ अंक छ ।