९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सिन्धुलीको खनियाखर्क शहरीकरण हुँदै


156
Shares

सिन्धुली । सिन्धुलीको खनियाखर्क राजमार्गका कारणले शहरीकरण हुँदै जान थालेको छ ।

जिल्लाको विकासको मेरुदण्डको रुपमा निर्माण भएको वीपी राजमार्गका कारण खनियाखर्क ग्रामीण बस्ती आधुनिक शहरीकरण तर्फ उन्मुख हुन थालेका हो । जिल्लाको गोलन्जोर गाउँपालिकामा अवस्थित खनियाखर्क पछिल्लो समय सडक आसपासमा पर्ने जिल्लाकै नयाँ शहरी बस्तीको रुपमा विकसित हुन थालेको हो ।

ऐतिहासिक युद्धकिल्ला सिन्धुलीगढी नजिकै महाभारत पहाडको कांखमा रहेकाे खनियाखर्कमा यात्रुहरुलाई लक्ष्यित गरेर बजार समेत संचालन भएपछि स्थानीय कृषकहरुलानई गाउँघरमा उत्पादन गरेका कृषिजन्य सामग्रीहरुकाे बिक्री वितरण गर्न समेत सजिलो भएको छ ।

सडक बजारमा यात्रु ग्राहक र व्यापारीहरुको भीड नै लाग्ने गरेकाे छ । सस्तो र ताजा सामग्रीहरु पाइने भएकाले ग्राहकहरुको भीड लाग्ने गरेको व्यापारीहरुले बताएका छन् ।

अत्यन्त चिसो जलवायु भएको स्थान खनियाखर्कमा केही वर्ष यता बसोबासका लागि घडेरीहरुको किनबेचमा समेत तीव्रता आएको स्थानीयवासीन्दाहरुले बताएका छन् ।