१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली युवामाझ प्रेमिल बन्दै भ्यालेन्टाइन (फोटो फिचर)


325
Shares

काठमाडौं । प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि ‘प्रणय दिवस’ उत्तिकै महत्वपूर्ण मानिन्छ ।

यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । ‘भ्यालेन्टाइन डे’ आफैंमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन । समग्रमा भन्दा प्रणय एउटा बाँच्ने आधारशिला नै हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन भने जिउनुमा कुनै सार्थकता हुँदैन थियो होला ?

प्रेम दुई विपरित लिङ्गीबीच मात्रै होइन, प्रेम त परिवारसँग हुन्छ, साथीहरुसँग हुन्छ, आफना प्रियजनहरुसँग पनि हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ ।

‘प्रणय दिवस’का रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षौं आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन् । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण हुने गर्छ ।

यतिबेला काठमाडौं उपत्यकामा ‘भ्यालेन्टाइन डे’को विशेष माहोल छ । काठमाडौं उपत्यकामा ‘भ्यालेन्टाइन डे’ स्पेशल रुपमा मनाइँदै छ । काठमाडौं मात्रै होइन, ‘भ्यालेन्टाइन डे’ देशभर नै प्रेमिल रुपमा मनाइँदै छ ।

७ फेब्रुअरीबाट सुरू भएको ‘भ्यालेन्टाइन डे’ आज ‘प्रमिस डे’ हो । आज प्रेमिहरु एकअर्काबीचमा बाचा बन्धनहरु खाने गर्दछन् ।

‘भ्यालेन्टाइन डे’ इटालीको रोमबाट सुरू भएको मानिन्छ । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको ‘भ्यालेन्टाइन डे’को इतिहास सम्झँदा रोमका एक सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे ।

सम्राटको आदेशलाई एक जना ‘भ्यालेन्टाइन’ नामका व्यक्तिले उल्लंघन गरेका थिए । एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लंघन गरेको कुरा सम्राट्लाई सह्य भएन र उक्त व्यक्ति ‘भ्यालेन्टाइन’लाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिएको दिन १४ फेब्रुअरीमा संसारमा ‘भ्यालेन्टाइन डे’ मनाउने प्रचलनको आरम्भ भएको हो ।

नेपालसहित अहिले विश्वभर नै ‘भ्यालेन्टाइन विक’ सुरू भएको छ । प्रेमिल जोडीहरुले काठमाडौं धपक्क बलेको छ ।