१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रमिस डे: बलियो सम्बन्धका लागि गर्नै पर्ने पाँच बाचा


689
Shares

काठमाडौं । हरेक वर्ष ११ फेब्रुअरीका दिन अर्थात प्रणय दिवस सप्ताहको पाँचौं दिनलाई ‘प्रमिस डे’ का रुपमा मनाइने गरिन्छ ।

एक अर्काको सम्बन्धमा बाचा गर्ने भएकाले प्रेमील जोडीका लागि यो दिनको बेग्लै महत्त्व छ । यसरी गरिने बाचाले सम्बन्धमा थप मिठास ल्याउनुका साथै सम्बन्ध बलियो बन्छ ।

प्रेमसम्बन्ध विश्वास र पार्टनरको भावनाको इज्जत गर्नु जरुरी छ । जब विश्वास र साथीको इज्जत हुFदैन त्यस्तो सम्बन्ध लामो समयसम्म टिक्न सक्दैन ।

जीवनभर साथ रहने साथीसँग केहि बाचा गर्नु अत्यन्त जरुरी पनि हुन्छ । जुन बाचाको कारण दुई जोडीबीचको विश्वास एकअर्काप्रति अझै बढेर जान्छ ।

आजको दिनको सही सदुपयोग गरी आफ्ना जीवन साथीलाई यस्ता कुराको बाचा दिनुहोस् कि जसले तपाईलाई तपाईको जिन्दगीगर सम्झिराख्न वाध्य बनाओस् ।

किन मनाइन्छ ‘प्रमिस डे’ ?
सम्बन्ध बलियो बनाउने र एक अर्काको साथमा रहने जस्ता बाचा जोडीहरूले यस दिनमा गर्ने गर्दछन् । बाचाले सम्बन्धलाई अझै प्रेमिल र गहिरो बनाउँदै लान्छ । यसले सम्बन्धमा एकअर्काप्रति विश्वास दर्साउँछ ।

‘प्रमिस डे’मा गरिने पाँच बाचा

– प्रेम सम्बन्धमा सबैभन्दा आवश्यक एकअर्कालाई सम्मान दिनु हो । जुन सम्बन्धमा सम्मान हुँदैन, त्यो सम्बन्ध निभाउन पनि सहज हुँदैन । त्यसैले सम्बन्धलाई सुमधुर बनाउन एकाअर्काप्रति सम्मान दिन जरुरी छ ।

– सबै सम्बन्धमा खुसी रहन आवश्यक छ । कतिपय व्यक्तिहरू प्रेम सम्बन्धमा रहेपछि साना–तिना कुराका कारण दुःखी हुने गर्छन् । त्यसैले यस दिन आफू पनि खुसी हुने र आफ्नो जोडीलाई पनि खुसी बनाउने बाचा गर्ने गरिन्छ ।

– सम्बन्धमा परिस्थितिहरू बदलिरहन्छन्, त्यसैले हरेक परिस्थितिलाई बुझ्ने प्रयास गर्नुहोस् र साथ दिने बाचा गर्नुहोस् । जसले एकअर्कामा खुसी रहन सकिन्छ ।

– सुखमा त सबैले साथ दिन्छन्, आफ्नो त्यो हो जसले दुःखमा पनि साथ दिन्छ । त्यसैले आफूसँग सम्बन्धमा रहेको व्यक्तिलाई जस्तोसुकै कठिन परिस्थितिमा पनि साथ दिने बाचा यस दिन गरिन्छ ।

– सम्बन्धमा सबैभन्दा बढि महत्व प्रेम र भावनाको हुने गर्छ । यस दिन तपाईंहरूले आफ्नो जोडीलाई उ प्रतिको माया कहिले कम नहुने र सधैं माया गरिरहने भन्दै वाचा गर्न सक्नुहुन्छ ।