१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने


130
Shares

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।

शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद बैठकलाई सम्बोधन गर्न जाने क्रममा एक चिकित्सकमाथि प्रहरीले दुर्ब्यवहार गरेको भन्दै चिकित्सक संघले आइतबार एक दिन सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय लिएको हो ।

भिभिआईपीको सवारीबाट आम सर्वसाधारणमा पुग्ने सास्तीलाई सदाका लागि अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले सेवा बन्द गराउने निर्णय संघ कार्यकारिणी समितिको आकस्मिक बैठकले गरेको हो ।

जस अनुसार आइतबार देशभरका सरकारी, गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा गरिने छन् ।

यस्तै, चिकित्सक सिंहमाथि कुटपिट गर्ने वरिष्ठ हवल्दार शम्भुजंग गुरूङलाई प्रहरीले निलम्बनसमेत गरिसकेको छ ।