
काठमाडौं । स्वास्थ्य मन्त्रालयले आन्दोलन फिर्ता लिएर बिरामीको सेवामा फर्किन चिकित्सकहरुलाई आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले शनिबार राति प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवा ठप्प नपारी सेवालाई निरन्तर राख्न आग्रह गर्नुभएको हो ।
चिकित्सकलाई दुर्ब्यवहार गर्ने प्रहरीलाई निलम्बन गरी कारबाहीको प्रक्रिया अघि बढाइसकेको भन्दै विज्ञप्तिमा घटनाको विषयमा थप छलफल गरी समस्याको समाधान गर्ने प्रयास भइरहेकाले आन्दोलन फिर्ता लिएर सेवालाई निरन्तरता दिन आग्रह गरिएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका डा. जनिथलाल सिंह माथि गत शुक्रबार प्रहरीले लाठी चार्ज गरेको विरोधमा नेपाल चिकित्सक संघले आइतबारका लागि देशभरका स्वास्थ्य सेवा प्रदायक संस्थाहरु बन्दको आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्