२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बिरामीले उपचार सेवाकाे माग गर्दै वीर अस्पताल अगाडि गरे प्रदर्शन


26
Shares

काठमाडाैं । बिरामी र तिनका आफन्तहरु उपचार सेवाकाे माग गर्दै आइतबार वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् ।

जसका कारण केही बेर यातायात सेवा समेत प्रभावित भएको थियो । सडक अवरुद्ध हुने गरी प्रदर्शन गर्नेहरुलाई प्रहरीले अहिले भने हटाएको छ। नेपाल चिकित्सक संघको आह्वानमा आइतबार देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् ।

वीर अस्पतालमा आइतबार बिहान पुगेका धेरै बिरामीहरु अलमलमा परेका थिए । सुरक्षा गार्डहरुले आइतबार ओपीडी सेवा बन्द भएको जानकारी गराउँदै बिरामीहरुलाई फर्काएका छन् ।