
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा आइतबार सार्वजनिक गर्ने भएको छ।
अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षाको तयारी गरेको हो । आइतबार अपराह्न ५ बजे अर्थमन्त्री विष्णु पौडेलले पत्रकार सम्मेलन मार्फत बजेटको मध्यावधि समीक्षा गर्नुहुने भएकाे हाे ।
६ महिनासम्म संकलित राजस्वले बजेटले लक्ष्य गरेको राजस्व संकलन नहुने देखाएकाले सरकारले मध्यावधि समीक्षा मार्फत बजेटको आकार घटाउन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्