
Web Pic
काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–५ मा शनिबार साँझ ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।
खलंगाबाट जाजरकोटको दम्दलातर्फ जाँदै गरेको भे २ त ३०९ नम्बरको ट्याक्टरले किचेर स्थानीय ६० वर्षीय खड्क थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालकसँगैको सिटमा चढेका थापा सो ट्याक्टरबाट खसेका थिए । ट्याक्टरबाट खसेका थापालाई पछाडिको टायरले किचेको थियो । थापा प्यारालाईसिसको बिरामी समेत रहेको बुझिएको छ ।
ट्याक्टर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्