
काठमाडौं । प्रणय सप्ताह अन्तर्गत फेब्रुअरी १२ लाई विश्वभर ‘हग डे’ को रूपमा मनाइन्छ ।
आजको दिन जोडीहरूका लागि विशेष मानिन्छ । कसैलाई अँगालो हाल्नुको अर्थ तपाई आफ्नो माया व्यक्त गर्न खोज्दै हुनुहुन्छ भन्ने बुझिन्छ ।
प्रणय सप्ताह जाेडीहरूका लागि धेरै विशेष हुन्छ । उनीहरू वर्षभरि फेब्रुअरीको यो विशेष हप्ताको प्रतीक्षामा हुने गर्दछन् । ‘रोज डे’, ‘प्रपोज डे’, ‘चकलेट डे’, ‘टेडी डे’ र ‘प्रमिस डे’ पछि ‘हग डे’ मनाइन्छ ।
‘हग डे’मा, मानिसहरूले आफूले माया गर्नेहरूलाई अँगालो हाल्छन् र उनीहरूलाई विशेष महसुस गराउँछन् । अँगालो भनेको एक थेरापी हो जुन हामी उत्साहित हुँदा वा दु:खी हुँदा गर्ने गर्छौं । अँगालो हाल्दा धेरै यस्ता हर्मोनहरू निस्किन्छन्, जुन हाम्रो स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।
आजको दिन एकअर्कालाई अँगालो हालेर शब्द विना आफ्नो भावना व्यक्त गर्न सकिन्छ । अँगालो मार्नु प्रेमको एक चरण हो जसले आफ्नो जोडीलाई सुरक्षा, सहजता र प्रेमको गहिरो भावना महसुस गराउन सक्छ । हामी हाम्रा साथीहरू, परिवार, नातेदारहरू र साझेदारहरूलाई पनि अँगालो हाल्न सक्छौं ।
विज्ञहरुका अनुसार पनि अँगालो हाल्दा शरिरलाई फाइदा पुग्छ ।
यस्ता छन् अँगालो हाल्नुको फाइदा :
१. तनाव कम हुन्छः विशेष व्यक्तिलाई अँगालो हाल्दा स्ट्रेस हर्मोन कार्टिसोलको स्तर कम हुन्छ । जसले तनाव कम गर्छ ।
२. रक्तचाप कम हुन्छः जो मानिसहरु आफ्ना पार्टनरलाई अँगालो हालिरहन्छन् उनीहरुको रक्तचाप नियन्त्रणमा रहन्छ । किनकी अँगालो हाल्दा शरीरमा अक्सिटोसिन हर्मोनको श्राव हुन्छ । जसले रक्तचाप नियन्त्रण गर्दछ ।
३. मुटुलाई स्वस्थ्य राख्छ :अँगालो हाल्दा शरीरमा लभ हर्मोन अक्सिटोसिनको स्तर बढ्ने गर्छ । यसले मुटु स्वस्थ राख्न मद्दत गर्दछ ।
प्रतिक्रिया दिनुहोस्