
एजेन्सी । गत साेमबार टर्कीमा भूकम्प गएपछि लुटपाटका घटना बढेका छन् ।
लुटपाटमा संलग्न भएको आरोपमा ४८ जनालाई प्रहरीले पक्राउ गरेको हाे । भूकम्पका कारण विस्थापितहरु थप मारमा परेकै बेला लुटपाटको घटना बढ्दा भूकम्प पीडितहरु थप मारमा परेका छन् ।
लुटपाटका घटना बढ्न थालेपछि टर्की सरकारले अनुसन्धानका लागि एक कमिटी गठन गरेको छ। कमिटीको अनुसन्धानपछि ८ वटा अलग–अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको हो ।
यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिनुभएकाे थियो । भूकम्पपछि राष्ट्रपति एर्दोआनले टर्कीका १० प्रान्तमा ३ महिनासम्मका लागि संकटकाल घोषणा गरिसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्