
काठमाडौं । अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको चलचित्र ‘हल्कारा’को प्रदर्शन मिति र्साजनिक भएको छ ।
चलचित्रले अमेरिकामा आयोजित ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट चलचित्र र अभिनेताको अवार्ड जितेको हो । आगामी बैशाख २९ गतेबाट चलचित्र प्रदर्शनमा आउने भएको छ ।
चलचित्रले गाउँमा चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई प्रस्तुत गरेको छ । अमेरिकामा बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा महेश त्रिपाठी र विनिता थापा मगरको मुख्य भूमिका रहेको छ ।
चलचित्र सत्य कथाबाट प्रेरित छ । चलचित्रमा महेशले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिताले मियाको भूमिका निर्वाह गरेकी छन् ।
चलचित्रमा महेश र विनितासँगै उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायतको पनि अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्