
काठमाडाैं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउनु हुने भएको छ ।
परराष्ट्र मन्त्रालयका परराष्ट्र सचिव भरत राज पौड्यालको निमन्त्रणामा विदेशसचिव क्वात्रा नेपाल आउन लाग्नुभएको हो । सोमबार बिहान काठमाडौं उत्रे लगत्तै विदेशसचिव क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नु हुने भएकाे छ । भेटवार्तामा कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृति लगायतका द्विपक्षीय सहकार्यका आधा दर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहालको निकट भविष्यमा हुने भारत भ्रमणकाे बारेमा पनि कुराकानी हुने बताइएको छ । दाहाललाई उहाँले भारत भ्रमणको निम्ता दिने बताइएको छ । आजै क्वात्राले परराष्ट्रमन्त्री बिमला राईसँग शिष्टाचार भेट गर्नुहुने भएकाे छ ।
त्यसपछि उहाँले साेमबार नै दिउँसो प्रधानमन्त्री दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम तय भएकाे छ । क्वात्राले नेपालम रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरुसँग भेट्नु हुने भएकाे छ ।
परराष्ट्र मन्त्रालयले क्वात्राको भ्रमणलाई दुई देशबीचको सम्बन्ध अझ विस्तार र सुदृढ गर्ने अवसर भएको बताएको छ । यसैगरी दक्षिण एशियाली मामिला हेर्ने अर्की एक अमेरिकी अधिकारी अफ्रिन अख्तर पनि साेमबार नै नेपाल आउने तयारी रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्