१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


र्‍यापर एमसी स्टेन बने ‘बिग बोस १६’ को विजेता


611
Shares

एजेन्सी । आइतबार राति भएको ‘बिग बोस १६’ को फिनालेमा र्‍यापर एमसी स्टेनले उपाधि हात पारेका छन् ।

यो सिजन ४ महिनासम्म निरन्तर चरिरहेको थियो । भारतीय सञ्चार माध्यामहरूका अनुसार पुरस्कार स्वरूप र्‍यापरले ३१ लाख भारतीय रुपैयाँ र एउटा लक्जरी कार पाएका छन् ।

प्रियंका चाहर चौधरी, शिव ठाकरे र एमसी शीर्ष ३ फाइनलमा पुगेका थिए । शिव शोको फस्ट रनरप भएका छन् । प्रियंका भने सेकेन्ड रनरपमा बाहिरिएकी थिइन् । एमसी स्टेनले सबै भन्दा बढी मत पाएर विजयी भएका छन् । कार्यक्रमको फाइनल करिब ५ घण्टासम्म चलेको थियो ।

प्रियंकाले बिग बोस १६ को उपाधि जित्न नसके पनि कार्यक्रमका प्रस्ताेता सलमान खानले आफ्नो लागि वास्तविक विजेता प्रियंका नै रहेको बताएका छन् । शालीन भनोट र अर्चना गौतम पनि शोको उत्कृष्ट ५ फाइनलमा परेका थिए ।

तर फाइनलमा शालीन र अर्चना बाहिरिएपछि प्रियंका, एमसी र शिव ट्रफीका लागि बलियो प्रतिद्वन्द्वी बनेका थिए ।