१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रास्वपाकाे केन्द्रीय समितिकाे बैठक आज बस्दै


52
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साेमबार केन्द्रीय समितिको बैठक बोलाएको छ ।

निर्वाचन आयोगले चितवन-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरे लगत्तै रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएकाे हाे । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा सोमबार दिउँसो ३ बजे बस्ने बैठकमा उपनिर्वाचनकाे बारेमा छलफल हुने रास्वपाका एक नेताले बताए ।

त्यस्तै राष्ट्रपतिको निर्वाचत, उच्च स्तरीय राजनीतिक संयन्त्रमा भएको छलफल लगायतका विषयमा छलफल हुने बुझिएको छ । उच्च स्तरीय संयन्त्रको आइतबारको बैठकमा चितवन-२ को उपनिर्वाचनकाे बारेमा छलफल भएको थियो ।

रास्वपाले चितवन-२ मा पुनः पार्टी सभापति लामिछानेलाई नै उम्मेदवार बनाउने प्रवल सम्भावना रहेकाे छ । गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा चितवन-२ बाट निर्वाचित लामिछानेको नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेपछि उहाँको पद गएको थियो ।