१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्पेनिस लिग फुटबलमा बार्सिलोनाद्वारा भियारियाल पराजित

अंक तालिकामा बार्सालाई ११ अंकको अग्रता

91
Shares

काठमाडौं । स्पेनिस लिग फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले भियारियाललाई १–० ले पराजित गरेकाे छ।

आइतबार राति भियारियालको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन पेड्रीले निर्णायक गोल गरेका हुन् । पेड्रीले खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गरेको गोल बार्सालाई विजयी गराउन पर्याप्त बनेकाे हाे ।

जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले २१ खेलमा ५६ अंक जोडेको छ । दोस्रो स्थानको रियाल मड्रिडमाथि बार्साले ११ अंकको अग्रता लिएको हो । रियालको २० खेलबाट ४५ अंक रहेकाे छ ।

अंक जोडेको भियारियाल तालिकाको आठौं स्थानमा रहेको छ ।